प्रधानसेनापति शर्मासँग चिनियाँ राजदूतको भेट

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन्।

प्रधानसेनापति शर्मासँग भेट गर्न राजदूत सोङ बिहीबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए।

भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत सोङबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *