भ्यालेन्टाइन सप्ताहमा प्रेमिल राजधानी (फोटो फिचर)

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डे । प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण मानिन्छ।

यो दिवस १४ फेब्रुअरीका दिन विशेष रूपमा मनाइने गरिन्छ। भ्यालेन्टाइन्स डे आफैंमा एक रोमान्टिक र प्रेममय दिन हो। प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन। समग्रमा भन्दा प्रणय एउटा बाँच्ने आधारशिला नै हो।

जीवनमा आफूलाई प्रेम गर्नेहरू र आफूले प्रेम गरिनेहरू भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन थियो होला? प्रेम दुई विपरीत लिंगीबीच मात्रै होइन, प्रेम त परिवारसँग हुन्छ, साथीहरूसँग हुन्छ, आफ्ना प्रियजनहरूसँग पनि हुन्छ। त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ।

प्रणय दिवसका रूपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन्। सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण हुने गर्छ।

यतिबेला काठमाडौं उपत्यकामा भ्यालेन्टाइन्स डेको विशेष माहोल छ। काठमाडौं उपत्यकामा भ्यालेन्टाइन्स डे स्पेशल रूपमा मनाइँदै छ। काठमाडौं मात्रै होइन, भ्यालेन्टाइन्स डे देशभर नै प्रेमिल रूपमा मनाइँदै छ।

७ फेब्रुअरीबाट सुरु भएको भ्यालेन्टाइन्स डे आज प्रमिस डे हो। आज प्रेमीहरू एकअर्काबीचमा वाचा गर्दछन्।

भ्यालेन्टाइन्स डे इटालीको रोमवाट सुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन्स डेको इतिहास सम्झँदा रोमका एक सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे।

सम्राटको आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लंघन गरेका थिए। एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लंघन गरेको कुरा सम्राटलाई सह्य भएन र भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए। उनलाई मृत्युदण्ड दिएको दिन १४ फेब्रुअरीमा संसारमा भ्यालेन्टाइन्स डे मनाउने प्रचलनको आरम्भ भएको हो।

नेपालसहित अहिले विश्वभर नै भ्यालेन्टाइन विक सुरु भएको छ। प्रेमिल जोडीहरुले काठमाडौं धपक्क बलेको छ। आजको फोटो फिचरमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका भ्यालेन्टाइनमय काठमाडौंका यी दृश्यहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर