अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्यो, ३ को मृत्यु, ५ घाइते

अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा सोमबार राति बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

सोमबार अबेर राति पूर्वी लान्सिङ शहरको मुख्य क्याम्पसमा भएको आक्रमणमा अन्य पाँच जना घाइते भएका छन्।

गोली चलाउने व्यक्तिको पहिचान र गोली चलाउनुको कारण खुल्न सकेको छैन। प्रहरीले उनले आफैंलाई पनि गोली हानेको जनाएको छ।

प्रहरीले उनको तस्बिर सार्वजनिक गरेको छ। उनलाई ‘कालो पुरुष, कदमा छोटो’ भनिएको छ।

राति ८ बजेपछि सुरु भएको गोलाबारीमा प्रहरीले जवाफी कारबाही गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *