उपरथी प्रेम शाहीविरुद्धको अनुसन्धान सकियो, कोर्ट मार्सल गठनको तयारीमा जंगी अड्डा

नेपाली सेनाका उपरथी प्रेम शाहीविरुद्ध भ्रष्टाचार तथा अन्य विषयमा अनुसन्धान गर्न गठन गरिएको कोर्ट अफ इन्क्वाइरीले आफ्नो अनुसन्धान प्रतिवेदन प्रधानसेनापति प्रभुराम शर्मालाई बुझाएको छ ।

उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा गठन भएको कोर्ट अफ इन्क्वाइरीले आरोपी शाहीविरुद्धको सम्पूर्ण अनुसन्धान पूरा गरेर प्रमाणसहितको प्रतिवेदन प्रधानसेनापति शर्मालाई केही दिनअघि बुझाएको हो । सैनिक उच्च स्रोतका अनुसार उपरथी श्रेष्ठको प्रतिवेदन प्रधानसेनापतिबाट सदर भएको छ । अब केही दिनमै थप कानूनी उपचारका लागि सैनिक मुख्यालयले कोर्ट मार्सल गठन गर्ने ती अधिकारीले पर्दाफासलाई बताए ।

विश्वस्त स्रोतका अनुसार सैनिक सेवामा रहँदा अझ अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा उपरथी शाही र अन्य केही सैनिक अधिकृतहरूले आर्थिक अनियमितता तथा आचरणविरुद्धको गतिविधि गरेको लिखित उजुरीपछि प्रधानसेनापति शर्माले कोर्ट अफ इन्क्वाइरीको आदेश दिएका थिए ।

अनुसन्धानमा उनीमाथि लागेको आधिकांश आरोप पुष्टि भएको प्रमाण फेला परेको छ । यस्तै उनले आफूविरुद्धका प्रमाण नष्ट गर्ने प्रयास गरेको र बहालमा रहेका निजामती कर्मचारी समेतलाई प्रभावमा पारेको अनुसन्धानमा भेटिएको छ ।

र याे पनि-

कोर्ट अफ इन्क्वाइरीले उपरथी शाहीसहित अन्य केही सैनिक अधिकारीलाई कारबाहीको सिफारिससहित प्रतिवेदन बुझाएको हो । सैनिक ऐन-२०६३ भाग ८ को (६७) अनुसार अब उपरथी शाहीसहित आरोपीहरूको विषयमा रथीको नेतृत्वमा कोर्ट मार्सल गठन हुनेछ । जहाँ उपरथी शाहीसहित आरोपीहरूले आफूमाथि राखेको आरोपका विषयमा सफाइको मौका पाउनेछन् ।

सैनिक स्रोतका अनुसार सैनिक दिवसको कार्यक्रमको समापन लगत्तै कोर्ट मार्सल गठन हुनेछ ।

५७ वर्षे उमेरहदका कारण शाही पुस २० बाट नियमित अवकाशमा जाँदै थिए। संगठनको १५ दिनअघि बिदा बस्ने परम्पराअनुसार उनले अवकाशपत्र पनि बुझिसकेका थिए।

अवकाशपत्र लिएपछि उनले आफ्नो उमेर एक वर्ष बढी कायम गरिएको भन्दै सैनिक मुख्यालय र रक्षा मन्त्रालयविरुद्ध पुस ७ मा सर्वोच्च अदालतमा रिट दिएका थिए ।

उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगी अड्डा जाने तयारीमा थिए। त्यहीबीच पुस १९ गते उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएकाे थियाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर