जति तिरे पनि सकिँदैन लघुवित्तको ॠण, मध्यराति घरमै पुगेर यातना दिन्छन् कर्मचारी

लघुवित्त वित्तीय संस्थाहरूले घरमै पुगेर यातना दिने गरेको भन्दै ॠणीहरूले लघुवित्त खारेज गर्नुपर्ने माग गरेका छन् । पछिल्लो समय लघुवित्तका कारण गाउँमा बस्ने महिलाहरू असुरक्षित महसुस गर्नुका साथै तराईका जिल्लाहरूमा ॠणीहरू यातना खेप्न बध्य भएका हुन् । लघुवित्तहरूले ॠण तिर्न नसकेको भन्दै मध्यरातमा घरमै पुगेर यातना दिने गरेको र लघुवित्तकै कर्मचारीले ॠणको दुरुपयोग गरी मिटरब्याजमा पैसा लगाउने गरेको पीडितहरूले बताए ।

लघुवित्तको कर्मचारी भन्ने तर लघुवित्तको ॠणको दुरुपयोग गरी गाउँघरमा महिलाहरूलाई मिटरब्याजमा पैसा लिन प्रोत्साहन गर्ने काम भइरहेको पीडितहरूको आरोप छ । गाउँघरमा लघुवित्त संस्थाका कर्मचारीले सुरुमा समूह निर्माण गर्ने जतिसुकै संस्थाबाट पनि ॠण लिन सकिने तर किस्ता भने नियमित तिर्नुपर्ने भन्दै ॠण लिन प्रोत्साहन गर्ने गरेका छन् । लघुवित्तहरूले ॠण तिर्न नसक्नेहरूको नाम पत्रिकामा छापिदिने, कर्मचारीलाई मध्यरातमा समेत ॠणीहरूको घरमा पठाउने र कर्मचारीहरूले मानसिक र शारीरिक यातना दिने गरेको बताए । किस्ता तिर्न नसक्दा लघुवित्तले हरेक वर्ष ब्याजसमेत सावाँमा जोडेर नयाँ ॠण बनाउने गरेको उनीहरूले बताए ।

सोमबार काठमाडौंमा भएको एक कार्यक्रम महोत्तरीकी लघुवित्त पीडित पुनमकुमारी महतोले २०७२ सालदेखि लघुवित्त र मिटरब्याजीको समस्या खेप्नुपरेको बताइन् । उनले पछिल्लो समय तराईका जिल्लाहरूमा मिटरब्याजी साहुहरूले महिलाहरूलाई सडकमा निर्वस्त्र बनाएर कुटपिट गरेको गुनासो गरिन् । उनले तराईमा लघुवित्तको कारण महिलाहरू घर बस्न मेत नसकेको बताइन् । उनले लघुवित्तका कर्मचारीहरू रातिसमेत घरमा गई शरीरमा थुक्ने, शरीर व्यापार गरेर भए पनि ऋण तिर् भन्दै यातना दिने गरेको दुखेसो गरिन् । उनले लघुवित्तले ॠण तिर्न नसक्ने महिलाहरूलाई शौचालयमा थुनिदिने गरेको बताइन् । उनले लघुवित्तहरूले घरमा ताल्चा लगाएकाले धेरै महिलाहरू घरबारविहीन हुनुपरेको समेत बताइन् । उनले घरमा आमाबुबाको वृद्धभत्ताको पासबुक लगेर पैसा निकालेर लघुवित्तले मनोमानी खाने गरेको गुनासो गरिन् ।

त्यस्तै अर्को सिराहाकी सुनिता विश्वकर्माले लघुवित्त संस्थाबाट लिएको १ लाख ५० हजार ॠण पाँच वर्षसम्म तिर्दा पनि अहिलेसम्म नसकिएको बताइन् । उनले ११ वटा लघुवित्त समूहबाट ॠण लिएको बताइन् । उनले आफूले एउटामा ३० र अर्कोमा ४० हजार रुपैयाँ ॠण तिर्न भए पनि लघुवित्तले १ लाख नै रहेको भन्दै तत्काल तिर्न दबाब दिँदै आएको बताइन् । उनले लघुवित्तका कर्मचारीहरू ॠण उठाउनका लागि बिहान १० बजेदेखि बेलुका १० बजेसम्म घरमा नै बस्ने गरेको बताइन् । उनले लघुवित्तको ॠण तिर्दातिर्दा भएका गाईवस्तु र लगाएको सुनसमेत सकिएर सुकुम्बासी जस्तै भएको गुनासो गरिन् ।

त्यस्तै रौतहट घर भएकी डिल्लीकुमारी कार्की मिटरब्याजमा लिएको ॠण तिर्न लघुवित्तबाट ऋण लिएको बताइन् । उनले मिटरब्याजमा पैसा दिनेले धेरै फसाएर सुकुम्बासी बन्न लागेको अवस्थामा लघुवित्तले झन पीडा थपेको बताइन् । कार्कीले मिटरब्याजी साहुले भएको जग्गा जमिनसमेत लिलाममा हालेर खाएको बताइन् । उनले लघुवित्तबाट एक लाख रुपैयाँ ॠण लिएर महिनाको १२ हजार किस्ता बुझाउँदा समेत कहिल्यै नसकिने गरेको बताइन् । उनले फरवार्ड, मेरो माइक्रो, मिथिला, डिप्रोस, गरिबी र साना किसान लघुवित्तको समूहमा बसेर ॠण लिएको बताइन् । उनले यी लघुवित्तहरूमा १ लाख रुपैयाँ ॠण लिँदा जति किस्ता तिरे पनि त्यति नै ॠण देखाउने गरेको बताइन् । कार्कीले लघुवित्तहरूको किस्ता तिर्दातिर्दै भएको सबै सम्पत्ति सकिएपछि संस्थाका कर्मचारीहरू घरमा आएर यातना दिँदा १३ वर्षको छोरीले तीन महिना अगाडि आत्महत्या गरेको बताइन् । उनले अहिले लघुवित्तको कारण घर छाडेर भाडामा समेत बस्न नसक्ने अवस्थामा रहेको गुनासो गरिन् ।

त्यस्तै विभन्न बाहिर जिल्ला छाडेर काठमाडौं उपत्यकामा आएर लघुवित्त समूहमा बसेर ॠण लिएर व्यवसाय गर्ने कमला मुक्तान र सुनमाया तामाङलाई समेत लघुवित्तले यातना दिएको गुनासो गरेका छन् । उनीहरूलाई लघुवित्तहरू आफैंले समूह बनाएर ॠण लिन बोलाएको र अहिले एउटाले ॠण तिर्न नसक्नेको भन्दै सबै महिलाहरूको निक्षेप समेत दिन नमानेको बताइन् । उनले तत्काल किस्ता तिर्न पैसा छैन भन्दासमेत जसरी जहाँबाट भए पनि २८ दिनमा किस्ता बुझाउनुपर्ने भन्दै दबाब दिएको बताइन् ।

उदार बजार अर्थतन्त्रमा लघुवित्त संस्था आफैं जिम्मेवार बन्नुपर्ने भए पनि पछिल्लो समय त्यस्तो देखिएको छैन । लघुवित्तबाट ॠण लिने ३३ लाख ॠणी छन् । राष्ट्र बैंकले सुपरीवेक्षण गरेपछि ॠणीबाट लिन पाइनेभन्दा बढी असुल गरेको १ अर्ब ६० करोड सेवा शुल्क फिर्ता गर्न लघुवित्तहरू तयार भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर