रुसी सेनाले युक्रेनी भूमि छोड्नुपर्ने पक्षमा नेपालसहित १४१ देश, भारत र चीन तटस्थ

रुस-युक्रेन युद्ध सुरु भएको आज एक वर्ष पूरा भएको छ। युद्धको एक वर्ष पूरा भएको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघको महासभामा ल्याइएको शान्ति प्रस्तावमा नेपालसहित संयुक्त राष्ट्रसंघका १४१ राष्ट्रहरूले युद्ध अन्त्य गरेर रुसले तत्काल युक्रेनी भूमि छोड्नुपर्ने पक्षमा मतदान गरेका छन्।

बिहीबार संयुक्त राष्ट्रसंघको ११ औं आपतकालीन विशेष सेसनमा भएको मतदानमा नेपालसहित १४१ मुलुकले युद्ध अन्त्य गरी रुसी सेनाले युक्रेनी भूमि छोड्नुपर्ने पक्षमा मतदान गरेका हुन्। पछिल्ला एक वर्षमा संयुक्त राष्ट्रसंघले विभिन्न चरणमा पेस गरेका प्रस्तावहरूमध्ये नेपाल सबैमा युक्रेनको पक्षमा उभिँदै आएको छ।

बेलारुस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुआ, रुस र सिरियाले मात्रै उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

नेपालका दुवै छिमेकी मुलुक भारत र चीनसहित दक्षिण एशियाका श्रीलंका, पाकिस्तान, बंगलादेशसहित ३२ मुलुक मतदानमा सहभागी भएनन्।

युक्रेनमा स्थायी शान्तिका लागि १९३ सदस्यीय महासभाले युक्रेन र यसका सहयोगी देशहरूले अघि सारेको प्रस्तावको मस्यौदा पारित गरेको थियो युक्रेनमा जतिसक्दो चाँडो शान्तिको लागि व्यापक, न्यायपूर्ण र दिगो शान्ति ल्याउन कदम चाल्न भनिएको थियो।

यो प्रस्ताव संयुक्त राष्ट्रसंघको बडापत्रको सिद्धान्तमा आधारित थियो। उक्त प्रस्तावमा सदस्य राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई यो उद्देश्य हासिल गर्न सहयोग गर्न अपिल गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *