न्याय सम्पादनपूर्व विस्तृत बहस आवश्यक छ : महान्यायाधिवक्ता पोखरेल

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले अदालतबाट हुने न्याय सम्पादनपूर्व विस्तृत बहसको आवश्यकता रहेको बताएका छन्।

मंगलबार कानून व्यवसायी क्लब काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अदालतबाट हुने न्यायलाई कानून विद्यालयमा अध्ययन गराउन योग्य किसिमबाट न्याय सम्पादन गर्न जरुरी रहेको बताए।

उनले विद्यालयहरूमा प्रोफेसरहरूले अध्ययन गराउँदा गरेका प्रतिक्रियाहरूबाट न्यायाधीशहरूले आफूले गरेको निर्णयको पुनरावलोकन गर्ने गरेको उल्लेख गर्दै त्यसै किसिमबाट नेपालमा पनि न्याय सम्पादन हुन जरुरी रहेको बताए।

महान्यायाधिवक्ता पोखरेलले छिमेकी देश भारमा न्याय सम्पादन गर्दा कुनै विषयमा एक वरिष्ठ अधिवक्ताले निरन्तर २१ दिनसम्म बहस गर्ने र त्यसका आधारमा मात्रै न्यायाधीशहरूले फैसदा गर्ने गरेको स्मरण गर्दै त्यस्ता नजिरहरूलाई ध्यानमा राखेर न्याय सम्पादन गर्नुपर्ने बताए।

सो अवसरमा कानून व्यवसायी क्लब काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनले न्याय सम्पादनको क्षेत्रमा अब्बल कानून व्यवासायीहरूलाई सम्मान गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *