रास्वपाले सातै प्रदेशमा गठन गर्‍याे समिति, कुन प्रदेशमा काे बने सभापति?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ। समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ।

प्रदेश नं. १ समितिको सभापतिमा राजेश तिम्सिना रहेका छन्। यस्तै मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ।

यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम छन्। लुम्बिनीको सभापतिमा देवराज पाठक र कर्णालीको सभापतिमा धिरजबहादुर वलीले जिम्मेवारी पाएका छन्।

सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर