रवि लामिछानेसँग भेटेर एमाले नेताहरूले मागे राष्ट्रपतिमा नेम्वाङलाई भोट

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ ।

बिहीबार नेकपा एमालेको प्रतिनिधिमण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसद्मा सहभागी हुने राजनीतिक दलहरूसँग भेटघाट गर्ने क्रमस्वरूप नै रास्वपा सभपति लामिछानेसँग भेट गरेको हो।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवारी दिएका नेम्वाङलाई सहयोग गर्ने कुरा भनाइबाट बुझेको बताए। उनले यसबेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै रहेको बताए। उनले रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्ने कुरा राखेको बताए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरूले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको बताए।

महामन्त्री ढकालले पुस १० गतेको सहमति आफूहरुले मनन गरेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर बैठकमा छलफल गरी निर्णय गर्ने कुरामा आफ्नो पार्टी रहेको बताए। राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू सांसदहरूलाई भेट्ने क्रममा व्यस्त छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *