सेनाका उपरथी प्रेम शाही बर्खास्त

नेपाली सेनाका उपरथी प्रेम शाही बर्खास्त भएका छन्। सैनिक अनुशासन उल्लंघन गरेकाे भन्दै सेनाले उनलाई सेवाबाट हटाएकाे हाे।

उपरथी शाहीसहित प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्लसेनाविरुद्ध गठन भएको उपरथी ताराध्वज पाण्डे नेतृत्वकाे कोर्ट मार्सलले उपरथी शाहीलाई सैनिक सेवाबाट हटाउने आदेश गरेको  सेनाले जनाएकाे छ। काेर्ट मार्सलले महासेनानी शाह र प्रमुख सेनानी तिमल्सेनाकाे हकमा जनही दुई वर्ष बढुवा राेक्काकाे निर्णय गरेकाे छ।

‘काेर्ट मार्सलले उपरथी प्रेम शाहीलाई भविष्यमा सरकारी सेवामा अयाेग्य नठहरिने गरि सेवाबाट बर्खास्त गरेकाे छ,’ सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पर्दाफाससँग भने, ‘महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमल्सेनाका हकमा सैनिक अनुशासन विपरीतकाे कार्य गरेकाले सैनिक ऐनअनुसार सजाय भएकाे छ।’

याे पनि-

सेनाका कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिना नियन्त्रणमा

सेनाले आफ्ना दुई अधिकारीहरू कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्णेल कुलदीप तिमिल्सिनालाई बुधबार नियन्त्रणमा लिएको थियाे। उपरथी शाहीलाई  सघाएकाे आराेपमा  उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे। सर्वाेच्च अदालतले उनीहरूलाई उपस्थित गराउन आदेश दिएकाे थियाे।

प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उपरथी पाण्डेको नेतृत्वमा सात सदस्सीय कोर्ट मार्सल गठन भएको थियाे। उपरथी शाहीसहितको समूहले सेनापतिविरुद्ध मोर्चाबन्दी गर्ने योजना बनाएको र त्यसका विषयमा छलफल गरेको प्रमाण सैनिक मुख्यालयमा पुगेपछि दुई उपरथी, चार सहायक रथी र एक जना महासेनानीसहितको कोर्ट मार्सल गठन भएको थियो।

याे पनि-

उपरथी शाहीलाई सघाएको आरोपमा पक्राउ परेका दुई सैनिकलाई उपस्थित गराउन सर्वोच्चको आदेश

उपरथी पाण्डेसहित उपरथी कृष्णदेव भट्ट, सहायक रथीहरू जीवन दाहाल (प्राड विवाक), पवन खत्री, प्रकाश देउजा र विष्णु राउत तथा महासेनानी नारायण बहादुर थापा कोर्ट मार्सलमा थिए।

उपरथी शाहीसहितका विरुद्ध सैनिक मुख्यालयमा लिखित उजुरी परेपछि प्रधानसेनापति शर्माले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा कोर्ट अफ इन्क्वाइरी गठन गरेका थिए।

५७ वर्षे उमेरहदका कारण शाही पुस २० बाट नियमित अवकाशमा जाँदै थिए। संगठनको १५ दिनअघि बिदा बस्ने परम्पराअनुसार उनले अवकाशपत्र पनि बुझिसकेका थिए ।

याे पनि-

उपरथी प्रेम शाहीसहित तीनविरुद्ध उपरथी पाण्डेको नेतृत्वमा कोर्ट मार्सल

अवकाशपत्र लिएपछि उनले आफ्नो उमेर एक वर्ष बढी कायम गरिएको भन्दै सैनिक मुख्यालय र रक्षा मन्त्रालयविरुद्ध पुस ७ मा सर्वोच्च अदालतमा रिट दिएका थिए ।

उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगी अड्डा जाने तयारीमा थिए। त्यहीबीच पुस १९ गते उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएकाे थियाे ।

यी पनि-

उपरथी प्रेम शाहीविरुद्धको अनुसन्धान सकियो, कोर्ट मार्सल गठनको तयारीमा जंगी अड्डा

उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरीको छापा

उमेर छलेर रथी बन्ने दाउमा रहेका उपरथी प्रेम शाही अवकाशको मुखमा हिरासतमा

सेनामा बेथिति–२: प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा

सेनामा बेथिति–१: उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम

सेनामा बेथिति–३: बेलायतमा देशको नाम राख्ने प्रमुख सेनानी गुरुङलाई अधिकार माग्दा बदेँलको बात 

सेनामा बेथिति–४: सेनापति निकटलाई भ्रष्टाचारमा ‘छुट’, कोअईकै काम किर्ते

सेनामा बेथिति–५: यस्तो छ कल्याणकारीदेखि प्रधानसेनापति कोष रकम हिनामिनाको फेहरिस्त 

सेनामा बेथिति–६: ‘सेटिङ–शासन’ बिरुद्ध प्रधानमन्त्री, रक्षामन्त्री र सेनापतिलाई उजुरी

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर