सीमाक्षेत्रमा चीनको रेल्वे लाइन विस्तार तीव्र, भारत र नेपाललाई कस्तो प्रभाव ?

चीनले भारत–चीनबीचको वास्तविक नियन्त्रण रेखा (एलएसी) र विवादित चिनियाँ अक्साई क्षेत्र हुँदै नयाँ रेलवे लाइन निर्माण गर्ने महत्वाकांक्षी योजनाको अनावरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तिब्बत स्वायत्त क्षेत्र (टीएआर) सरकारले सार्वजनिक गरेको नयाँ रेल योजना अनुसार ‘मध्यमदेखि दीर्घकालीन रेल योजना’ ले टीआर रेल नेटवर्कलाई हालको १४०० किलोमिटरबाट २०२५ देखि ४ हजार किलोमिटरसम्ममा विस्तार गर्न मद्दत गर्नेछ । यस परियोजनाले भारत र नेपालसँगको चीनको सिमानासम्म जारी रहने नयाँ मार्गहरू समेट्ने भारतीय सञ्चारमाध्यम एएनआई न्युजले जनाएको छ ।

तिब्बतको सिगात्सेबाट सुरु गर्न डिजाइन गरिएको प्रस्तावित रेलवे लाइन अक्साई चीन हुँदै उत्तरमा प्रवेश गर्नुअघि नेपालको सिमानाको उत्तरपश्चिममा चल्नेछ र सिनजियाङको होटानमा समाप्त हुनेछ । चीन–भारत वास्तविक नियन्त्रण रेखा (एलएसी) मार्ग रुटोग र चिनियाँ पक्षको प्याङ्गोङ तालको वरिपरि हुँदै जानेछ ।

सिगात्सेदेखि पाखुक्तसोसम्मको पहिलो खण्ड सन् २०२५ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ भने होटनमा अन्त्य हुने बाँकी लाइन खण्ड सन् २०३५ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

टीएआर विकास र सुधार आयोगले सार्वजनिक गरेको योजनामा भनिएको छ– ‘सन् २०२५ सम्ममा सिचुआन–तिब्बत रेलवेको यान–निङ्ची खण्ड, सिनजियाङ–तिब्बत रेलवेको शिगात्से–पाखुक्तसो खण्डलगायत धेरै रेलवे परियोजनाहरूको निर्माण र युनान–तिब्बत रेलवेको बोमी–रौक खण्डको महत्वपूर्ण प्रगति भइसक्नेछ ।

तिब्बतका रेलवे लाइनहरू चाँडै नै एलएसीमा पुग्ने हुँदा बेइजिङले भारतसँगको आफ्नो सीमा एकतर्फी रूपमा परिवर्तन गर्न आफ्नो अधिक सैन्य शक्ति प्रयोग गर्न सक्छ भन्ने गम्भीर चिन्ता भारतमा छ । साथै तिब्बतमा हान चिनियाँ आप्रवासी र पर्यटकहरूको बढ्दो आगमनले स्थानीय जनसांख्यिकी र संस्कृतिमा थप प्रभाव पार्ने भारतयि सञ्चारमाध्यमले जनाएका छन् ।

सीमा क्षेत्रमा चीनको रेलमार्ग निर्माण र विस्तारको रणनीतिक प्रेरणालाई लिएर भारत चिन्तित छ । चिनियाँ विश्लेषकहरूले भारतसँग युद्ध भएमा यो रेलमार्गले विवादित चीन–भारत सीमामा रणनीतिक सामग्री ढुवानी गर्न मद्दत गर्ने खुलासा गरेका छन् । भारतीय सेना प्रमुख मनोज पाण्डेले हालै मात्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ सेनाको संख्या बढेको बताएका थिए । सिमानामा सेनाको निर्माण बाहेक, स्याटेलाइट इमेजरीले चिनियाँ सेनाले एलएसी मा आफ्नो स्थिति सुदृढ गर्दै निरन्तर निर्माण गतिविधि गरेको देखाएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

नयाँ रेलवे लाइन भारतीय सिमाना नजिक छ । पूर्वी एलएसीमा चीन र भारतबीच सीमा विवादको घटनामा, नयाँ रेलवे लाइनले पीएलए सेनाको रेल लोड छिटो गर्न सघाउन पुग्नेछ । हालका वर्षहरूमा, बेइजिङले सीमावर्ती सहरलाई चीनको बाँकी भागसँग जोड्ने कनेक्टिभ पूर्वाधार निर्माण गर्न पर्याप्त स्रोतहरू खर्च गरेको छ ।

चीनले एलएसीको पूर्वी क्षेत्रमा तिब्बत र भारतको बीचमा जाने रणनीतिक नाथुला पर्वतको नजिकैको व्यापारिक सहर याडोङसम्म ल्हासा–जिग्गे रेल्वे लाइन विस्तार गरिरहेको छ । याडोङ पनि पश्चिमी भुटानको नजिकै छ, जहाँ चीनको डोकलाम पठारमा क्षेत्रीय दाबी छ ।

हालैको एलएसीमा बढेको तनावले भारतलाई पीएलएद्वारा सीमामा सेना परिचालनमा रेलवेको भूमिकाप्रति बढी संवेदनशील बनाएको छ । भारतीय पर्यवेक्षकहरूले भनेका छन् कि एलएसीको छेउमा धेरै सहरहरू जहाँ चिनियाँ रेलहरू आइपुग्ने योजना बनाइएको छ, त्यहाँ हालै चिनियाँ सेना पीएलए र भारतीय सुरक्षा बलहरू बीच ठूलो झडप र आमनेसामने भएका थिए । (एएनआई)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर