प्रचण्डविरुद्धको मुद्दामा आएन अन्तरिम आदेश

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दर्ता भएको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

अदालतले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश जारी गरेको छ।

आजको सुनुवाइमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरू डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए।

प्रचण्डको केही पहिलेको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले छुट्टाछुट्टै रिट दर्ता गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *