राजस्व हिनामिना आरोपमा वडाध्यक्षसहित तीनविरुद्ध मुद्दा

राजस्व हिनामिना गरेको आरोपमा सर्लाहीको हरिवन नगरपालिका वडा नं. १० का वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

सोही वडास्थित नयाँरोड बजारअन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मूल्य न्यूनतम मूल्यांककन पुस्तिकामा उल्लेख भएको न्यूनतम मूल्यभन्दा कम राखी रजिस्ट्रेशन पास गराई राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार वडाध्यक्ष शम्भुप्रसाद मैनाली, गौरी कुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

उनीहरूले नयाँरोड बजारअन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको कित्ता नं. ३५१ को जग्गालाई खेतीयोग्य बाटो नभएको भनी राजस्व हानिनोक्सानी गर्ने बदनियतका साथ गलत घरबाटो प्रमाणित गरी ९ लाख ३६ हजार रुपैयाँ नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर