भ्रष्टाचार आरोपीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी एक मुद्दामा सफाइ दिने विशेष अदलात, काठमाडौंको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

६० हजार घुस लिएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले ताराकुमारी श्रेष्ठ, अनिश जोशी र राम खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

उनीहरूले भ्रष्टाचार गरेको कसुर पुष्टि हुने पर्याप्त आधार हुँदाहुँदै विशेष अदालतले सफाइ दिएको भन्दै आइतबार अख्तियारले सर्वोच्च अदालतमा मुद्दाको पुनरावेदन गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

हेर्नुहोस् पुनरावेदन गरिएको मुद्दाको पूर्ण विवरण :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर