बौद्ध धार्मिक स्थलहरूको संरक्षण गरेको भन्दै रुसी बौद्धमार्गीका नेताले गरे पाकिस्तान सरकारको प्रशंसा

गणतन्त्र काल्मिकिया, रुसका बौद्ध आध्यात्मिक नेताहरूको एक प्रतिनिधिमण्डलले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तीय सरकारले प्रान्तभरका बौद्ध पवित्र स्थलहरूको संरक्षण र प्रवर्द्धनमा गरेको प्रयासको प्रशंसा गरेको छ।

सोमबार पेशावरमा प्रान्तीय सरकारी अधिकारीहरूसँगको भेटमा बौद्ध धर्मका नेता तेलो तालकु रिन्पोछेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सरकारप्रति कृतज्ञता व्यक्त गर्दै एकीकृत पर्यटन क्षेत्र अवधारणामा गहिरो चासो देखाएको पाकिस्तानको सरकारी रेडियोले जनाएको छ।

आध्यात्मिक नेता तेलो तालकु रिन्पोछेले धार्मिक पर्यटन प्रवर्द्धनमा अन्तरधर्म सद्भाव र आपसी सहयोग प्रवर्द्धनमा जोड दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर