सद्दाम हुसेनको ‘गुप्त हतियार’को अधुरो खोज

इराक आक्रमणको २० वर्ष पछि ‘सामूहिक विनाशको हतियार’को अस्तित्व अझै विवादित छ । यस हतियार कार्यक्रमको कारणले गर्दा, बेलायतले यस आक्रमणमा सामेल हुने कारण पायो ।

सामूहिक विनाशको हतियारको खोजको बारेमा नयाँ विवरणहरू बीबीसीको श्रृंखला ‘सक एन्ड वार : इराक २० इयर्स अन’ को भागको रूपमा देखापरेको छ । यो शृंखला इराकको ‘सामूहिक विनाशको हतियार’ को खोजीमा प्रत्यक्ष रूपमा संलग्न दर्जनौं व्यक्तिहरूसँगको अन्तर्वार्तामा आधारित छ ।

सन् २००२ को अन्तिम महिनामा, जब एमआई ६ का वरिष्ठ अधिकारीलाई भनियो कि अमेरिका इराकसँग युद्धको लागि गम्भीर छ, घटनालाई स्मरण गर्दै अमेरिकी गुप्तचर विभाग सीआईएको इराक अपरेसन समूहका प्रमुख लुइस रुएडाले भने ।

यो खबर चाँडै बेलायतको टेन डाउनिङ स्ट्रिट (प्रधानमन्त्रीको निवास) पुग्यो, जसलाई कूटनीतिज्ञको सट्टा जासूसहरूले पठाएको मानिन्छ । तत्कालीन एमआई ६ का प्रमुख सर रिचर्ड डियरलवले बीबीसीलाई दिएको अन्तर्वार्तामा बेलायती प्रधानमन्त्रीलाई इराक आक्रमणबारे जानकारी दिने उनी पहिलो व्यक्ति भएको बताएका छन् ।

उनी भन्छन्, ‘मैले प्रधानमन्त्रीलाई भनेको थिएँ कि तपाईलाई मन परोस् वा नपरोस्, तर अहिले तयारी गर्नुहोस् किनभने उनीहरु (अमेरिका) आक्रमणको तयारीमा छन् ।’ बेलायतको विदेशी खुफिया एजेन्सी एमआई ६ यसको इतिहासको सबैभन्दा विवादास्पद प्रकरणमा संलग्न हुन लागेको थियो ।

अमेरिकाका लागि आम विनाशकारी हतियारको मुद्दाभन्दा सद्दाम हुसेनलाई सत्ताबाट हटाउने मुद्दा महत्वपूर्ण थियो । रुएडा भन्छन्, “यदि सद्दाम हुसेनसँग रबर ब्यान्ड र पेपरक्लिप भएको भए पनि हामीले इराकमा आक्रमण गर्ने थियौं ।’ बेलायतलाई इराकको रासायनिक, जैविक र आणविक हतियारको जोखिम थियो ।

पूर्व प्रधानमन्त्री सर टोनी ब्लेयरले आक्रमणको पूर्वसन्ध्यामा संयुक्त खुफिया समितिबाट आश्वासन मागेको बताए । उनले गुप्तचर निकाय गलत भएकोमा आलोचना गर्न अस्वीकार गरे । बाँकी मन्त्रीहरूले त्यसबेला आफूलाई शंका लागेको बताए ।

तत्कालीन विदेश मन्त्री ज्याक स्ट्राउ भन्छन्, ‘तीनवटा घटनामा मैले रिचर्ड डियरलवलाई यो खुफियाको स्रोतको बारेमा सोधेँ । मलाई यस बारे एक असहज भावना थियो । तर डियरलवले मलाई हरेक अवसरमा एजेन्टहरू भरपर्दो छन् भनेर आश्वासन दिए ।’

जब बीबीसीले उनलाई सोध्यो कि उनले इराकलाई गुप्तचर विफलताको रूपमा हेरेका छन् । यसबारे उनले नकारात्मक जवाफ दिए । उनीहरू अझै पनि विश्वास गर्छन् कि इराकमा हतियारहरू थिए र सम्भवतः सिरियामा तस्करी गरिएको थियो ।

सद्दामसँग सामूहिक विनाशकारी हतियार थियो ?
बेलायतका तत्कालीन सुरक्षा र खुफिया संयोजक सर डेभिड ओरमोन्ड भन्छन्, ‘यो ठूलो असफलता थियो ।’ उनी भन्छन् कि सद्दाम हुसेनसँग सामूहिक विनाशका हतियारहरू छन् भन्ने विचारलाई समर्थन गर्ने जानकारी मात्र सरकारी विशेषज्ञहरूको ध्यानमा ल्याइएको थियो, जबकि समर्थन नगर्ने जानकारीलाई तटस्थ गरिएको थियो ।

एमआई ६ भित्रका केही व्यक्तिहरू भन्छन् कि तिनीहरू पनि यसबारे चिन्तित थिए । इराकमा सेवा गरेका एक अफिसरले नाम न छाप्ने सर्तमा भने, ‘त्यतिबेला हामीले जे गरिरहेका थियौं त्यो गलत थियो भन्ने लाग्यो ।’

एक वरिष्ठ अधिकारीले सन् २००२ लाई उल्लेख गर्दै भन्छन्, ‘इराकले सामूहिक विनाशको योजना बनाउने हतियार पुनः सुरु गरेको छ भनेर सुझाव दिने कुनै नयाँ वा विश्वसनीय गुप्तचर वा मूल्यांकन थिएन ।’

मोबाइल ल्याबको विकास
सर रिचर्ड डियरलवले डाउनिङ स्ट्रिटमा नयाँ स्रोतको समाचार ल्याए । यो नयाँ स्रोतले भन्यो कि सद्दाम हुसेनले हतियार कार्यक्रम पुनः सुरु गरेका छन् । स्रोतले चाँडै नयाँ विवरणहरू दिने वाचा गरेको थियो ।

आगामी दिनमा नयाँ स्रोतले कुनै प्रमाण उनीसँग कुनै प्रमाण नभएको मानिएको थिएन । तर जोर्डनमा सद्दामको गुप्तचर सेवामा एक व्यक्तिलाई भेटेपछि रिचर्डले सद्दाम जैविक हतियारमा काम गर्न मोबाइल ल्याबको विकासमा संलग्न रहेको जानकारी पाए ।

उक्त व्यक्तिको दाबीका कारण पूर्व अमेरिकी विदेशमन्त्री कोलिन पावेलले संयुक्त राष्ट्र संघमा यो मुद्दा उठाएका थिए । तर, त्यसको लगत्तै अमेरिकी सरकारले यो सूचनालाई विश्वास गर्न नसकिने भन्दै ‘सूचना’ जारी गरेको थियो । ‘कर्भबल’ कोड नामको अर्को स्रोत, जसमा अमेरिका र बेलायतका सरकारहरू भर परेका थिए, जसले प्रयोगशालाको बारेमा जानकारी दिइरहेको थियो ।

सामूहिक विनाशका हतियारहरूको अनुसन्धान
द्दण्ण्घ को युद्धको केही हप्ता अघि, मैले उत्तरी इराकको हलब्जा गाउँको भ्रमण गरें र ज्ञढडड मा सद्दाम हुसेनको सेनाले उनीहरूमाथि रासायनिक हतियार खसालेको दिनको बारेमा स्थानीय मानिसहरूको कुरा सुनेको थिएँ ।

इराकका एक शीर्ष वैज्ञानिकले पछि मलाई भने कि सद्दामले संयुक्त राष्ट्र हतियार निरीक्षकहरूबाट क्लिन चीट पाउने आशामा ज्ञढढण् को प्रारम्भमा धेरै ध्ःम् कार्यक्रमलाई नष्ट गर्ने आदेश दिएका थिए ।

वैज्ञानिकले भने कि इराकी नेताले कार्यक्रम पछि पुनः सुरु गरेको हुन सक्छ । तर इराकले गोप्य रूपमा सबै नष्ट गरेको थियो । इराकले छिमेकी देश इरानको विरुद्धमा प्रयोग गर्न सक्ने कुरा इराकसँग छ भन्ने सन्देश जानोस् भन्ने कुरालाई कायम राख्न इराकले यस्तो गरेको हो ।

त्यसैले पछि जब इराकलाई सबै नष्ट गरेको प्रमाण माग्यो, त्यसो गर्न सकेन ।

२००२ को अन्तमा, संयुक्त राष्ट्रका निरीक्षकहरू सामूहिक विनाशका हतियारहरूको अनुसन्धान गर्न इराक फर्के । तिनीहरूमध्ये केहीले बीबीसीलाई भने कि उनीहरूले साइटहरू सम्झन सक्छन् जहाँ पश्चिमको सुझाव गरिएको मोबाइल प्रयोगशालाहरू गुप्तचर प्लान्टहरू हुन् भन्ने विश्वास गरिएको थियो । तर त्यसअनुरुप नपाएपछि सर रिचर्डले संयुक्त राष्ट्र हतियार निरीक्षकलाई ‘असक्षम’ भएको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्र संघको रासायनिक र जैविक निरीक्षणका प्रमुख ह्यान्स ब्लिक्सले बीबीसीलाई सन् २००३ को शुरुवातसम्म आफूले पनि हतियारहरू रहेको विश्वास गरेको बताउँछन् । तर गोप्य सूचना पाएपछि त्यस्तो हतियारको अस्तित्वमाथि शंका उनलाई पनि शंका भयो । उनले प्रमाणका लागि अझै केही समय मागेका थिए तर पाउन सकेनन् ।

एमआईका एक पूर्व अधिकारी कुनै पुष्ट प्रमाण नभईकन पनि इराकमाथि आक्रमण सुरु भएको र त्यसपछि जनसंहार गर्ने कुनै हतियार पनि फेला नपरेको बताउँछ । यो जासुस र राजनीतिज्ञलाई गहिरो र स्थायी परिणाम दिने नतिजा थियो । (बीबीसी हिन्दीबाट)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर