प्रतिवादीलाई सफाइ दिने विशेषको ४ फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

विशेष अदालत, काठमाडौंले विभन्न ४ मुद्दामा गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

कसुर पुष्टि हुने आधार हुँदाहुँदै प्रतिवादीलाई विशेषले सफाइ दिएको भन्दै अख्तियार सर्वोच्च पुगेको हो।

विशेषमा दर्ता गरिएका मुद्दाहरूमध्ये विभिन्न मितिमा फैसला भएका सार्वजनिक सम्पत्ति हानिनोक्सानी र घुस/रिसवत गरी ४ वटा मुद्दामा सोमबार सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

हेर्नुहोस् पुनरावेदन गरिएका मुद्दाहरूको पूर्ण विवरण

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर