युट्युबरबाट सांसद, संसदमा उपस्थित नभएपछि निष्कासित

जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्कासन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मंगलबार संसदबाटै निष्कासन गरिएको हो ।

गत जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्य रूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवं अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको माथिल्लो सदनले मंगलबार निष्कासन गरेको हो । सदनको हिजोको उक्त निर्णय आजदेखि लागू भएको छ ।

गासी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसदबाट निष्कासित हुने पहिलो सांसद भएका छन् । यसअघि सदनले उनलाई महिनौं लामो अनुपस्थितिका लागि क्षमा याचना गर्न आदेश दिएको थियो तर उनले त्यसको बेवास्ता गरेका थिए । एकउन्न वर्षीय उनको दलबाट दुई जना सांसद निर्वाचित छन् । उनी निष्कासित भए पनि अर्को एक सदस्यले उनको स्थानमा काम गर्नेछन् ।

दुबईमा बसोबास गरिरहेका पूर्वव्यापारी उनले जापान फर्केमा पक्राउ पर्ने बताएका छन् । मानहानीको आरोपमा उनलाई सम्बद्ध अधिकारीले सोधपुछ गर्न पक्राउ गर्नसक्ने उनले बताएका छन् । जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उनको दल एनएचके पार्टीका रूपमा परिचित थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर