विराटनगरमा भाेलिदेखि नेपाल-भारत साहित्यिक महोत्सव

नेपाल र भारतका साहित्यकारबीचको सम्बन्धलाई प्रगाढ बनाउन विराटनगरमा तीन दिने नेपाल-भारत साहित्यिक महोत्सवको आयोजना हुने भएको छ ।

नेपाल-भारत साहित्यिक महोत्सव नेपालद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत ३, ४ र ५ गते हुने चौथो महोत्सवमा दुई देशका तीन सय साहित्यकारको सहभागिता रहने जानकारी दिइयो । साथै महोत्सवको उद्देश्य नेपाल-भारतबीचको साहित्यिक, सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्धलाई टेवा पुर्‍याउन र साहित्यको सेतु निर्माण गर्नु रहेको जनाइएको छ ।

महोत्सवका भारतीय संयोजक डा. विजय पण्डितले महोत्सवले रामायण र बुद्ध सर्किटलाई महाभारत सर्किटसँग जोडन मद्दत पुग्ने धारणा राखे । महोत्सवका नेपाली संयोजक देवी पन्थी, वरिष्ठ साहित्यकार दधीराज सुवेदी र मीनकुमार नवोदितले महोत्सवले नेपाल-भारत सम्बन्धलाई ऐतिहासिक बनाउने धारणा राखे । महोत्सवमा पुस्तक विमोचन, बहुभाषी कवि सम्मेलन र सम्मान कार्यक्रम गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर