
चिनियाँ राष्ट्रपति सी मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमणमा जाने


चीनका राष्ट्रपति सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बारे जानकारी दिएका हुन्। भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।
यस्तै राष्ट्रपति सीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि वार्ता गर्ने तयारी गरेका छन्।
भ्रमणमा रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि राष्ट्रपति सीले कुरा राख्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया