सेनाका प्रमुख सुवेदार र सुवेदारहरूको सहायक सेनानीमा बढुवा

नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा प्रमुख सुवेदार र सुवेदारहरूकाे बढुवा गरिएकाे छ।

बढुवा भएका सहायक सेनानीहरूले शुुक्रबार दर्ज्यानी चिह्न लगाएका छन्। प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सैनिक सेवा नियमावली, २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्थाअनुरूप बढुवा भएका ३३ जनामध्ये शान्ति सेनामा खटिएका बाहेक २७ जनालाई आज प्रधानसेनापतिले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

आजको कार्यक्रममा बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, रथी, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर