नेपाल-अमेरिका दौत्य सम्बन्धको ७५औं वर्षमा अमेरिकामा ‘नेपाल फेस्टिभल-२०२३’ आयोजना हुँदै

संयुक्त राज्य अमेरिका र नेपाल सरकारबीच दौत्य सम्बन्ध स्थापना भएको ७५औं वर्षको उपलक्ष्यमा कनेटिकट राज्यको ब्र्यानफोर्ड शहरमा ‘नेपाल फेस्टिभल-२०२३’ आयोजना हुने भएको छ । उक्त कार्यक्रम ‘सोसाइटी अफ नेप्लिज इन अमेरिका’ले आयोजना गर्ने लागेको हो ।

सन् १९४७ अप्रिल २५ तारिखमा काठमाडौंमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको थियो ।

नेपाली कला-संस्कृति, खानपान, भेषभूषा र मौलिकताको प्रवर्द्धन गर्ने उद्देश्य राखेर पहिलोपटक कनेटिकट राज्यमा हुन लागेको उत्सवमा सिंगो नेपालको झझल्को दिने प्रयास गरिने पत्रकार सम्मेलनामा जानकारी गराइएको छ । कनेटिकट राज्य अमेरिकाको एउटा उत्तर-पूर्वी राज्य हो भने ब्र्यानफोर्ड शहर न्युयोर्कबाट करिब ७४ माइल उत्तर-पूर्वमा छ । ब्र्यानफोर्डमा उल्लेख्य संख्यामा नेपालीको बसोबास छ ।

ब्र्यानफोर्ड शहरको ग्रीन पार्कमा जुलाई १५, २०२३ शनिबारका दिन हुने उक्त उत्सव नेपालीहरूको विभिन्न भेषभूषा एवं संस्कृति झल्काउने पहिरनका साथ झाँकी एवं परेडबाट बिहान ९:३० बजे सुरु हुने नेपाल फेस्टिभल मूल आयोजक समितिका सुवास अर्यालले जानकारी दिए ।

परेडमा कनेटिकट राज्यसहित वरपरका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपाली संघसंस्था तथा स्थानीय समुदायहरूको समेत बाक्लो सहभागिता हुने विश्वास आयोजक समितिले गरेको छ ।

महोत्सवमा कनेटिकट तथा वरपरका राज्यहरूका उच्चपदस्थ अधिकारीलाई पनि सहभागी गराउने प्रयास गरिनेछ । उक्त कार्यक्रमा नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारका खानाका स्टल, बालबालिकालाई रमाउने स्टलहरू राखिनेछन् ।

उक्त महोत्सवमा स्थानीय कलाकारका साथै नेपाली कलाकारहरूले गीत, संगीत एवं विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपालीहरूको पहिचानलाई विश्व समुदायमाझ पुर्‍याउने अभियानका रूपमा नेपाल महोत्सव आयोजना गर्न लागिएको हो । यो महोत्सवमा ३ हजारदेखि ४ हजारसम्म नेपाली तथा स्थानीय समुदायहरू सहभागी हुने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर