राष्ट्रपति पौडेलसँग भारतीय समकक्षी मुर्मूको टेलिफोन वार्ता

भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग टेलिफोन कुराकानी गरेकी छन्।

दुई राष्ट्रपतिहरूबीच शुक्रबार साँझ टेलिफोन कुराकानी भएको हो।

हाल केरला भ्रमणमा रहेकी राष्ट्रपति मुर्मूले राष्ट्रपति पौडेललाई फोन गरी नेपालको राष्ट्रपतिको कार्यभार सम्हालेकोमा बधाई दिएकी छन्।

कुराकानीका क्रममा दुवै राष्ट्रपतिले नेपाल र भारतबीच अनुपम र बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरेको भारतको राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

 

उनीहरूले द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र दुई देशका जनताबीचको मित्रताको बलियो बन्धनलाई थप सुदृढ गर्ने उपायहरूबारे पनि छलफल गरे।

राष्ट्रपति पौडेलको नेतृत्वमा भारतसँगको सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मूले विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *