नेपालमा पर्यटन नीति नै छैन : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपालमा पर्यटन नीति नै नभएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै नभएको स्वीकार गरेका हुन्।

उनले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणासमेत गरे। रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्ने उनको भनाइ छ।

मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरूकै अभाव देखिएको बताए।

उनले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सोसम्बन्धी अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिए।

मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरू नेपालमा भए पनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरू लोप हुने अवस्था पुगेको बताए। उनले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर