सर्वसाधारणलाई बिनारोकतोक सामान्य सवारीमै कुमारी घर पुगे राष्ट्रपति पौडेल (भिडियाे र तस्बिर)

राष्ट्रपति रामचन्द्र पौडेल सर्वसाधारणलाई बिनारोकतोक सामान्य सवारीमै वसन्तपुरस्थित कुमारी घर पुगेका छन्।

शनिबार दिउँसो ४ बजे अघिपछि एक-एकवटा गाडीसहित पौडेल कुमारी घर पुगेका हुन्। राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन।

कुमारी घरभित्र प्रवेश गर्नुअघि पनि सर्वसाधारणलाई आउजाउमा रोक लगाइएको थिए। कारगेटमा सुरक्षाकर्मीले प्रयोग गर्ने मोटरबाइकसमेत प्रयोग नगरी पौडेल वसन्तपुरस्थित कुमारी घर पुगेका हुन्।

भिडियाे

आज बिहान राष्ट्रपति पौडेललाई कुमारी घरको तर्फबाट पूजाको प्रसाद शीतल निवासमै पुर्‍याइएको थियो।

राष्ट्रपतिको सवारीमा जाम बढ्ने र सर्वसाधारणलाई दुःख हुने गरेको भन्दै आलोचना हुने गरेको थियो। राष्ट्रपति पौडेलले भने यस्तो दुःख दिने काम आफूबाट नहुने निर्वाचनअघिै नै बताएका थिए।

तस्बिररू – स्राेत : न्यूज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर