
प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए।
प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्।
साथै सबै प्रदेश तथा समावेशी सिद्धान्तअनुसार मन्त्री छानेर सरकारमा पठाउने निर्णयसमेत भएको छ।
केहीबेरमा संसदीय दल बैठकमा दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय सुनाउनेछन्।
प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।
प्रतिक्रिया