नेप्से परिसूचकमा ६.९० अंकको गिरावट

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक गिरावट भएको छ । आइतबार नेप्से परिसूचक ६.९० अंक घटेर १९२६.४० बिन्दुमा झरेको हो ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स १.५२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता शेयर १ अर्ब ६ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकमसमेत गिरावट भएको छ । बिहीबार नेप्सेमा १ अर्ब १४ करोडको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ ।

आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता, सानिमा ग्रोथ फण्डको इकाइ मूल्य ८.५६ प्रतिशत घटेको छ । आइतबार हिमालयन डिष्टिलरी कम्पनीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *