प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबै दलले विश्वासको मत दिँदा राम्रो हुने बताएका छन्।

विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने तर सबैले विश्वासको मत दिँदा राम्रो हुने उनको भनाइ छ।

आइतबार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन्।

यस्तै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा सत्तारूढ पार्टीहरूका बीचमा सहमति भइसकेको बताएका छन्।

उनले प्रतिपक्ष दलहरूको पनि विधेयकको सम्बन्धमा विमति नरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर