मानव अधिकारको गम्भीर उल्लंघनमा मेलमिलाप हुन नसक्ने व्यवस्था विधेयकमा छ : मन्त्री शर्मा

सञ्चर तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव अधिकारको गम्भीर उल्लंघनका कार्यमा पीडक र पीडितबीच मेलमिलाप हुन नसक्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको बताएकी छन्।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्। उनले सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाको सत्यतथ्य पत्ता लगाउने, पीडितलाई न्याय र परिपूरण उपलब्ध गराउने र भविष्यमा मानव अधिकार उल्लंघनका घटना नदोहोरिने सुनिश्तिताका लागि प्रस्तुत संशोधन विधेयक महत्त्वपूर्ण आधारका रूपमा रहेको बताइन्।

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठन भएका बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि वि.सं. २०८० साल असार मसान्तसम्म रहेको र हाल पदाधिकारीविहीन भई शान्ति प्रक्रियाको काम अघि बढ्न नसकेको पनि बताइन्।

संसदमा आज संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पेस पनि भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर