नेपाल-भारत सीमाक्षेत्रबाट पेस्तोलसहित एक जना पक्राउ

सप्तरीस्थित नेपाल-भारत सीमाक्षेत्रबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। छिन्नमस्ता गाउँपालिका-२, मौवाका अन्दाजी २८ वर्षीय सोनु राय पक्राउ परेका हुन्।

आइतबार दिउँसो १ बजे भारतबाट नेपालतर्फ पैदल हिँडेर आउँदै गरेको अवस्थामा तिलाठी कोइलाडी गाउँपालिका-१, खाडो खोलास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बीओपी, तिलाठी र प्रहरी चौकी। तिलाठीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

बरामद पेस्ताेल।

उनले कम्मरमा एलाष्टिकमा बाँधेर ल्याएको अवस्थामा एकापट्टिको स्लाइडमा लिडी मेड इन यूएसए र अर्कोपट्टिको स्लाइडमा चाइना लेखिएको म्याग्जिनसहितको अटोमेटिक पेस्तोल १ थान प्रहरीले बरामद गरेको छ।

घटनामा राजविराज नगरपालिका-१ का अन्दाजी २८ वर्षीय रोशन यादवसमेतको संलग्नता हुन सक्ने देखिएकाले उनलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर