संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्र्याकमा पास गर्नुपर्छ : प्रदीप यादव

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ फास्ट ट्र्याकमा पास गर्नुपर्ने बताएका छन्।

आइबातर प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद यादवले सो विधेयकलाई समितिमा नलगी संसदभित्र छलफल गरी फास्ट ट्र्याकमा पास गर्नुपर्ने बताएका हुन्।

उनले यसलाई पास गर्न निकै ढिलो भएको भन्दै अझै ढिलो गरेमा दुर्घटना हुने बताए। विधेयकलाई संसदभित्रै छलफल गरेर टुंग्याउनुपर्ने उनको भनाइ छ।

उनले गठबन्धनभित्र संघ र प्रदेश सरकारको भागबण्डाका साथसाथै संवैधानिक पदहरूमा नियुक्तिको विषय पनि प्याकेजमा टुग्यांउनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर