स्ववियु निर्वाचनमा ६० प्रतिशत मत खस्यो

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा ६० प्रतिशत मत खसेको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले आज ६० प्रतिशत विद्यार्थीले स्ववियु चुनावमा मतदान गरेको जानकारी दिएका छन्।

आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय दिइएको थियो। त्रिविका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्ववियु चुनाव भएको थियो।

काठमाडौं उपत्यकाभित्रका ७ क्याम्पसमा आज चुनाव हुन सकेन। काठमाडौंको त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल) प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा आज स्ववियु चुनाव नभएको हो।

काठमाडौं उपत्यकाबाहिर केही क्याम्पसमा विवाद हुँदा स्ववियु चुनाव स्थगित पनि भएका छन्। छिटपुट घटनाबाहेक शान्तिपूर्वक नै स्ववियु चुनाव सकिएको अधिकारीको भनाइ छ।

स्ववियु चुनाव रोकिएका क्याम्पसहरूमा भने आपसी समझदारीमा चुनाव मिति तोकेर पछि चुनाव हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *