प्रमुख सेनानी रीतबहादुर रानाभाटको कमाण्डमा १६८ जना शान्ति सैनिक मिनुस्का मिशन प्रस्थान

नेपाली सेनाका १६८ जना शान्ति सैनिक मध्य अफ्रिकी गणतन्त्र प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ खटिने क्रममा प्रमुख सेनानी रीतबहादुर रानाभाटको नेतृत्वमा उक्त शान्ति सैनिक टोली मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामी एकीकृत स्थिरीकरण मिशन (मिनुस्का) मा तैनाथ टोलीलाई बदली गर्न आइतबार मिशन इलाकातर्फ प्रस्थान गरेको हो।

मिशनमा तैनाथ जबरजंग गण एचआरपीबी चौथो डफ्फा (मेन बडी) र सैनिक प्रहरी युनिट सातौं डफ्फा (रेनफोर्स) लाई बदली गर्नका लागि भवानीबक्स गण एचआरपीबी पाँचौं डफ्फा (मेन बडी) र सैनिक प्रहरी युनिट आठौं डफ्फा (रेनफोर्स) का १६८ जना शान्ति सैनिकहरूको पहिलो टोली मिशन इलाका गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यस्तै उक्त मिशनमा तैनाथ जबरजंग गण एचआरपीबी चौथो डफ्फा (मेन बडी) र सैनिक प्रहरी युनिट सातौं डफ्फा (रेनफोर्स) का १६८ जना शान्ति सैनिकहरू सेनानी रविन श्रेष्ठको नेतृत्वमा आइतबार नै स्वदेश फर्किएको पनि निर्देशनालयले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *