तलब खुवाउन ॠण लिनुपर्ने अवस्था आउँछ : अर्थविद् पोखरेल

अर्थविद् डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन्।

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अर्थविद् डाक्टर पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्।

उनले विकास खर्च र देशमा तब खुवाउनका लागिसमेत ॠण लिनुपर्ने अवस्था आउने चेतावनी दिए। दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उनको भनाइ छ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका अर्थविद् डाक्टर पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मूल कारण देशको राजनीतिक अस्थिरता रहेको बताए। नेताहरूमा गम्भीरता नै नरहेको र सरकार तथा मन्त्रीहरूमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको दाबी गरे।

अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम कानून फेरबदलको खाँचो रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर