लुम्बिनी भ्रमणमा जाने बाह्य तथा आन्तरिक पर्यटक बढे

लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ। कोभिड-१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने बाह्य तथा आन्तरिक पर्यटकमा कमी भए पनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो।

सन् २०१९ सम्म करिब १७ लाख बाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर २०२० मा २ लाख ९२ हजार पर्यटक मात्रै आएको कोषले जनाएको छ।

लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले सन् २०२३ को पछिल्लो तीन महिनासम्ममा २५ हजार बढी विदशी पर्यटक आगमन भएको बताइन्।

उनले २०२१ मा ११९७ जना विदेशी, ४३ हजार ७३२ भारतीय र आन्तरिक ४ लाख ६३ हजार ९६३ पर्यटक आएको बताइन्।

उनका अनुसार २०२२ मा विदेशी पर्यटक २३ हजार ९४२,भारतीय २ लाख ३० हजार ८६३ र आन्तरिक ६ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएका छन्।

अधिकृत राईले २०२२ पछि लुम्बिनी घुम्नको लागि आउने आन्तरिक बाह्य तथा भारतीय पर्यटकमा वृद्धि हुँदै गएकाले आगामी दिन बढ्दै जाने आशा जगाएको उल्लेख गरिन्।

उनले तिलौराकोट संरक्षित स्मारक क्षेत्र सन् २०२५ सम्म विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने गरी काम अगाडि बढाएको बताइन्।

१९९६ मा विश्व सम्पदामा राख्ने सूचीमा राखेर पनि अहिले सरकारले बजेट छुट्याएर नै प्राथमिकतामा राखेको उनकाे भनाइ छ।

अधिकृत राईले तिलौराकोट क्षेत्रका जग्गा अधिकरण गरेर अहिले पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भूभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिएको बताइन्।

उनले लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र सक्नेगरी स्रोत जुटाएर काम गर्ने योजना बनाएको पनि बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर