माओवादीहरू एकजुट भए भन्ने कुरा गलत हो : सीपी गजुरेल

मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रविरोधी कामहरू गरिरहेको आरोप लगाएका छन् ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री दाहालले लगातार जनविरोधी र राष्ट्रविरोधी कामहरू गरिरहेको आरोप लगाउँदै जनताका बीचमा लगेर ती कामहरूलाई उजागर गर्न जरुरी रहेको बताए ।

उनले विश्वकप लिग टु क्रिकेटको आफ्नो अन्तिम खेलका क्रममा प्रधानमन्त्रीका रूपमा दर्शक बनेर कीर्तिपुर खेल हेर्न पुग्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी लागे पनि प्रधानमन्त्रीलाई त्यसको लाज नलागेको बताए । देशमा यसअघि अत्याचार, शोषण, महँगी र बेराजगारी यति धेरै नरहेको उल्लख गर्दै गणतन्त्रपछिको समाजवादउन्मुख व्यवस्थाले झनै विसंगति पैदा गरेको उनले आरोप लगाए ।

नेता गजुरेलले सत्तामा रहेको माओवादी र विद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भए पनि सफल नभएको बताए । उनले माओवादीहरू डराएर एकजुट भए भन्ने कुरा गलत रहेको बताए । अहिले पनि माओवादीहरू एक ठाउँमा नरहेको स्पष्ट पारे ।

नेता गजुरेलले जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा अदालत रहेको बताए । उनले १६ वर्षसम्म त्यो प्रक्रियाबाट न्याय दिन नसकेपछि अब जनयुद्धका मुद्दाहरू अदालतले फैसला गर्ने योजनाअनुसार अघि बढिरहेको बताए । उनले माओवादीहरूको नेतृत्वले विश्वासघात गर्दा सबै माओवादीहरू अहिले दुरावस्थाबाट गुज्रिनु परेको बताए ।

जनयुद्धमा भएका घटनाहरूमा माओवादीलाई दोष लगाई अपराधीकरणको फैसला सुनाउने योजना रहेको नेता गजुरेलले आरोप लगाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर