नेपाल-भारत मिलत परिषद केन्द्रद्वारा २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण

नेपाल-भारत मिलत परिषद केन्द्रले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको छ । परिषदले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

आउँदो बिहीबारबाट सुरु हुने एक महिने रमजान पर्वको अवसरमा मुस्लिम समुदायहरू व्रत बस्नुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका मुस्लिम परिवारलाई व्रत सहजताका साथ सम्पन्न गर्नका लागि रमजान, इफ्तार प्याकेज वितरण गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । उनले आज परिषदको तर्फबाट काठमाडौंमा बसोवास गर्ने आर्थिक अवस्था कमजोर भएका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान गरिएको बता ।

अध्यक्ष अन्सारीले रमजान व्रतको अवसरमा मुस्लिम परिवारलाई लक्षित गरी खाद्यान्न प्रदान गरेपनि अन्य बेलामा भने परिषदले सबै समुदायलाई समेटेर खाद्य सामग्रीहरू वितरण गर्दै आएको बताए । उनले व्रतको अवसरमा बारा, पर्सालगायत जिल्लाका मुस्लिम परिवारलाई पनि सहयोग गर्ने बताए ।

अध्यक्ष अन्सारीले भूकम्प, कोभिड-१९ लगायतका विपदका बेलामा पनि संस्थाले आर्थिक अवस्था कमजोर भएकाहरूका लागि सहयोग गर्दै आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर