प्रधानमन्त्रीले वैदेशिक सम्बन्ध बिगार्नुभयो, विश्वासको मत दिँदैनाैं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाएका छन्।

सोमबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले प्रधानमन्त्री दाहाल प्रधानमन्त्री बनेको भोलिपल्टबाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाए। अध्यक्ष ओलीले पार्टीमा दाहाल जंगबहादुर झैं रहेको बताए।

उनले प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप पनि लगाए। उनले प्रधानमन्त्री दाहालले वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाएको बताए।

अध्यक्ष ओलीले मित्रराष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले प्रधानमन्त्रीलाई संसदमा विश्वास गर्न नसकिने स्पष्ट पारे। उनले गठबन्धनका स्वार्थीहरूले प्रधानमन्त्रीमा विश्वासको मत दिए पनि आफ्नो पार्टीले उनलाई विश्वासको मत नदिने बताए।

अध्यक्ष ओलीले अब संसदीय समिति बन्न लागेकाले आफूले योगदान गर्न सक्ने समितिको चयन गर्न पार्टीका सांसदहरूलाई आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर