प्रचण्डलाई विष्णु पौडेलको प्रश्न- अर्कोचोटि विश्वासको मत लिने कार्यसूची कहिले छ?

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अर्कोचोटि विश्वासको मत लिने कार्यसूची कहिले छ भन्दै प्रश्न गरेका छन्।

सोमबारको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले सरकार गठनकाे छोटो समयमै दोस्रोपटक विश्वासको मत लिन लागेको र यस प्रकारको गतिविधिले मुलुकलाई अनिश्चिततातर्फ लैजाने बताए।

उनले पुस १० को सहमति लत्याएर फेरि पुरानै गठबन्धनमा फकर्नुको कारण के हो भन्ने प्रश्नसमेत गरे। प्रधानमन्त्री बन्नकै लागि एमालेलगायत दलको समर्थन लिने र त्यसको छोटो समयमै पुरानै गठबन्धनमा फर्कने प्रचण्डको निर्णयको कारण उनले माग गरे।

उनले प्रचण्डलाई विश्वासको मत दिनुपर्ने कुनै आधार र कारण नेखिएको बताएका छन्।

उनले सिंगो संसदलाई विश्वासको मतसम्बन्धन्धी प्रस्तावको विपक्षमा उभिन पनि आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर