राष्ट्रिय सहमितबारे एमालेलाई माओवादीको जवाफ- पहिलो ठूलो दल कांग्रेसलाई धरहराबाट हेर्नुपर्ने कि सगरमाथाबाट?

नेकपा (माओवादी केन्द्र) का सचिव तथा प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेलले नेकपा एमालेलाई नेपाली कांग्रेस संसदको पहिलो ठूलो दल भएको कुरा धरहराबाट हेर्नुपर्ने कि सगरमाथबाट भन्दै नेकपा एमालेलाई प्रश्न गरेका छन्।

सोमबारको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले सो प्रश्न गरेका हुन्।

त्यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डले एमालेबिनाको कस्तो राष्ट्रिय सहमति खोजेको भन्दै प्रश्न गरेका थिए।

देवेन्द्रले संसदको सबैभन्दा ठूलो दल कांग्रेससँग राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले गरेको प्रयास गलत थियो भन्दै प्रश्नसमेत गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर