राजेन्द्र लिङ्देनको व्यंग्य- वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने दिन नआओस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाग्यमानी रहेको बताएका छन्।

केही व्यंग्यात्मक शैलीमा सरकार गठन गरेर विश्वासको मत लिएको छोटो समयमै दोस्रोपटक विश्वासको मत लिने अवसर पाएको भन्दै उनले प्रधानमन्त्रीलाई भाग्यमानी भनेका हुन्।

उनले वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने अवस्था नबनोस् भन्दै व्यंग्य गरे।

उनले भने, ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ। दुई महिनामा दुई-दुईचोटि विश्वासको मत लिने मौका प्राप्त गर्नुभा’छ। वैशाख १५-२० तिर फेरि यस्तै दिन नआओस्, म कामना गर्न चाहन्छु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर