वैशाखमा फेरि विश्वासको मत लिनुपर्ने आशंका गर्नु अस्वाभाविक होइन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वैशाखमा विश्वासको मत फेरि लिनुपर्ने त होइन भन्ने प्रश्न उठ्नु अस्वभाविक नरहेको बताएका छन्।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा पेस गरेका विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले सो प्रश्न उठे पनि त्यस्तो अवस्था नआउने बताए।

उनले भने, ‘फेरि वैशाखको अर्को हप्तामा विश्वासको मत लिनुपर्ने त होइन भन्ने कुरा उठेको छ। यो आशंका गर्नु अस्वाभाविक होइन, तर त्यो अवस्था आउँदैन।’

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सो प्रश्न उठाएका थिए। प्रधानमन्त्री प्रचण्डले दुई महिनामै दुईपटक विश्वासको मत लिने अवसर पाएकाले उनी भाग्यमानी रहेको लिङ्देनको भनाइ थियो।

उनले भनेका थिए, ‘ ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ। दुई महिनामा दुई-दुईचोटि विश्वासको मत लिने मौका प्राप्त गर्नुभा’छ। वैशाख १५-२० तिर फेरि यस्तै दिन नआओस्, म कामना गर्न चाहन्छु।’

अध्यक्ष नेपालले अहिलेको सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने दाबी पनि गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर