अब चार दिनभित्र सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ले अबको चार दिनभित्र सरकारलाई पूर्णता दिने बताएका छन्।

सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन्।

प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे। उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने दाबीसमेत गरे।

उनले भने, ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ। जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ। सबैसँग बसेर २/४ दिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ। भारत भमणको टुंगो छैन। सायद यो महिनाको अन्त्य तिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ जति भयो त्यो चाहिँ पर्याप्त छ। अब आरामसँग सरकार चल्छ। अब विकास निर्माणको कामले गति लिन्छ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर