चैत अन्तिम वा वैशाख पहिलो हप्ता भारत जानसक्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण चैत अन्तिम वा वैशाख पहिलो हप्ताभित्र हुनसक्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन्।

उनले भने, ‘भारत भमणको टुंगो छैन। सायद यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरुवातमा हुनसक्दछ।’

भारतअघि उनी अन्य बाह्य देशको भ्रमणमा नगए प्रधानमन्त्री नियुक्त भएपछिको उनको यो पहिलो विदेश भ्रमण हुनेछ।

यसअघि भारतीय विदेशसचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणमा उनलाई भारत भ्रमणको निम्तो दिने भनिएको थियो। तर, निम्तो नदिइनकन उनको भ्रमण लगभग औपचारिकतामै सीमित रहन गयो।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड कतारको दोहामा आयोजित अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा जाने तय भएको थियो। तर, राजनीतिक घटनाक्रमका कारण उनले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई दोहा पठाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *