सभामुख घिमिरेले फिर्ता लिए पत्रकारबारे दिएको विवादास्पद अभिव्यक्ति

नेपाल पत्रकार महासंघले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएको जनाएको छ।

सोमबार अपराह्न नेपाल पत्रकार महासंघका पदाधिकारीहरूलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको बताएका हुन्।

चैत ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए।

पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरूसँगको भेटमा सच्याएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए।

सभामुख घिमिरेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सिंगो संघीय संसद र आफू प्रतिबद्ध रहेको पनि बताएको अध्यक्ष पोखरेलले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *