विश्वासको मत दिने सबै दल सरकारमा सहभागी हुन्छन् : शक्ति बस्नेत

सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद शक्तिबहादुर बस्नेतले केही दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन्।

उपमहासचिव बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै राजनीतिक दलहरू सरकारमा सहभागी हुने विश्वाससमेत व्यक्त गरे। विपक्षमा बस्ने भनेर कुनै पनि राजनीतिक दलहरूले नभनेकाले उनीहरू सबै सरकारमा सहभागी हुने उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिएलगत्तै उपमहासचिव बस्नेतले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सरकार र सत्तारूढ दलहरु लागिपर्ने बताए।

उपमहासचिव बस्नेतले केही दलहरूले रुचि नदेखाए पनि अधिकतम सहमति निर्माण गरेर सरकार अघि बढ्ने वातावरण बनेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर