एमालेले प्रतिपक्षमा बसेर राष्ट्र र जनताको हितको मुद्दा उठाउँछ : गोकर्ण विष्ट

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले एमाले प्रतिपक्षमा बसेर भए पनि राष्ट्र र जनताको हितको मुद्दा उठाउने बताएका छन्।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि संसद भवनबाहिर सञ्चाकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

उनले जनताको हितमा पार्टीले भूमि निर्वाह गर्ने र सरकारलाई सोहीअनुरूप दबाब दिने बताए।

उनले भने, ‘एमाले सरकारमा रहेको अवस्थामा राष्ट्र र जनताको हितमा कामहरू सम्पादन गर्ने, कार्यान्वयन गर्ने गरी भूमिका निर्वाह गर्छ। सरकारबाहिर रहेको अवस्थामा पनि राष्ट्र र जनताको हितमा नै मुद्दा उठाउँछ, सरकारलाई दबाब दिन्छ। जनताका हितका लागि भूमिका निर्वाह गर्छ। एमालेलाई जनताको हितमा काम गर्नका लागि सरकार नै चाहिन्छ भन्ने कुरा छैन।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर