प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल चैत ८ देखि १७ गतेसम्म

प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिता चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ। सोमबार पत्रकार सम्मेलन गरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसबारे जानकारी गराएको हो।

थ्री नेशन्स कपमा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्नेछन्। तीन राष्ट्रहरूले दशरथ रंगशालामा सिंगल राउण्ड रोबिनको आधारमा खेल हुनेछ। उत्कृष्ट दुई देशबीच फाइनल खेल हुनेछ।

प्रतियोगिता फिफा विन्डोअन्तर्गतका मितिहरूमा खेलिने पनि एन्फाले जनाएको छ। प्रतियोगिताका लागि दुवै देश नेपाल आइसकेको पनि एन्फाले जनाएको छ।

प्रतियोगिताको लागि एन्फाले साधारण पारापिटतर्फ ५ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिसकेको छ। खेलका टिकटहरू खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरुबाट पनि किन्न सकिने बताएको छ।

प्रतियोगितामा प्रथम हुने राष्ट्रलाई ५ हजार अमेरिकी डलर, द्वितीय पुरस्कार ३ हजार अमेरिकी डलर र हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर गरी कुल ९ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ।

पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने एन्फाले जनाएको छ। प्रतियोगिताको अनुमानित बजेट एक करोड ७७ लाख, ६८ हजार ४ सय ८० रुपैयाँ रहेको एन्फाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *