अमृतपाल सिंहको खोजी : नेपाललगायत देशसँगको सीमामा भारतको ‘अलर्ट’

भारतले वारिस पञ्जाब डीका प्रमुख अमृतपाल सिंह देशबाहिर भाग्न सक्ने सम्भावना आकलन गर्दै नेपाल, पाकिस्तानसँगको सीमा क्षेत्रमा अलर्ट जारी गरेको छ । भारतको केन्द्र सरकारले सीमा सुरक्षा बल (बीएसएफ) र सशस्त्र सीमा बल (एसएसबी) लाई अलर्ट रहन सूचना जारी गरेको हो ।

भारतको गृह मन्त्रालयले बीएसएफ र एसएसबीका नेताहरुलाई निर्देशन दिएको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ । सिंह कट्टरपन्थी खालिस्तानको नेता रहेको भारतले जनाएको छ । उनको ५ दिनदेखि खोजी भइरहेको छ ।

सिंहको पगडी लगाएको र नलगाएको तस्बिर सीमा क्षेत्रका सुरक्षा निकायमा पठाइएको एनएनआईले जनाएको छ । पञ्जाब प्रहरीले शनिबार उक्त संगठनका ७८ जनालाइ पनि पक्राउ गरेको छ । चरमपन्थ सिख उपदेशक भनिएका सिंहलाई भारतीय सुरक्षा निकायले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर