स्वदेशी उत्पादनको प्रयोग बढाएर व्यापार घाटा कम गरौं : राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन्। बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उने सो आग्रह गरेका हुन्।

उपाध्यक्ष पाण्डेले नेपालीहरूले स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने गरेको भन्दै सामुदायिक रेडियोहरूले स्वदेशी उत्पादन चलाउनुपर्छ भन्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनले विदेशी उत्पादनलाई प्राथमिकतमाा राख्दा अर्बौं व्यापार घाटा भइरहेको उल्लेख गर्दै सबै नेपालीहरूले स्वेदशमा नै उत्पादित सामग्रीहरूकको प्रयोग बढाउनुपर्ने बताए। नेपालीहरूले आफ्नै देशमा उत्पादित सामग्रीहरूको प्रयोग गर्ने हो भने व्यापार घाटा नियन्त्रणमा आउने दाबी गरे।

उपाध्यक्ष पाण्डेले रेडियोसँग सम्बन्धित ऐन बनाउँदा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *